सिँजा सभ्यातासँगै जुम्ला विमानस्थल स्तरोन्नति हुने

जुम्ला वैशाख १० गते । कर्णाली प्रदेशको जुम्ला विमानस्थलसँगै सिँजा सभ्याताको विकासका लागि कामको सुरुवात हुने भएको छ । कर्णाली राजमार्ग भरपर्दो नहुँदा यहाँका सर्वसाधारणहरु समस्य भोगिरहेका समयमा जुम्ला विमानस्थललाई थप स्तरोन्नती गरि भरपर्दो बनाउका लागि कामको सुरुवात हुने प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामा ( तामाङ)ले बताउनुभयो ।

अहिले सानो जहाज मात्र यहाँ अवतरण हुने गर्दछ । सानो जहाज आउने भएकाले यात्रुहरू मर्कामा परेको भन्दै ठूलो जहाज अवतरण गर्न विमानस्थलको स्तरोन्नतिको काम गर्न संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई जानकारी गराएको भन्दै प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामुले आउँदो बजेटमा यो कुरा मुख्य साथ आउने बताउनुभयो ।

विमानस्थलको धावनमार्ग सानो हुँदा सानो जहाज आइरहेको र अब ठुलो क्षमताको जहाज अवतरण गर्न सोहीअनुसारको काम हुनुपर्ने भन्दै कामको सुरुवात गरिएको उहाँले बताउनुभयो । मन्त्री किरातीले जुम्ला विमानस्थल विस्तार गरेर मानसरोवरलाई ध्यान दिएर पनि काम गर्नुपर्ने भएकोले कामको सुरुवात गर्न लागिएको बताउनुभयो ।

त्यस्तै कर्णालीमा अनलाइनबाट पनि टिकट लिन मिल्ने भएपछि यहाँका सर्वसाधारणहरु खुसी भएका छन् । पहुँचको भरमा टिकट पाइने कर्णालीमा प्रतिनिधिसभा सदस्य छिरिङ ल्यापुकै पहलमा पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि अनलाइन टिकटको सुरुवात गरिएको थियो । नेपाली भाषाको उद्गम क्षेत्र जुम्लाको सिँजालाई विकास गर्नका लागि सिँजा सभ्यता र विकासका लागि सम्वन्धी पहिलो चरणमा संग्रालय लगाएतका कामहरु हुन लागेका प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामुले बताउनुभयो ।

कर्णाली प्रदेशमा पेश भएको उक्त विद्येयक तत्कालिन मुख्यमन्त्री जीवनबहादुर शाहीको असहयोगका कारण असफल भएको थियो । सिँजा सभ्यता र विकासका लागि संघीय सरकारको मन्त्रीपरिषदबाट समेत सम्वोधन भएको प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामुुले बताइन् । अहिले सिँजामा संग्रालय लगाएतका कामहरु हुने छन् ।