उचित मूल्य नपाएपछि सडकमै फ्याँकियो गोलभेँडा

काठमाडौं, असार ३ गते । नेपाली गोलभेँडाको उचित मूल्य नपाएको भन्दै कालीमाटी सडकमा किसानहरुले फालेका छन् । आज बिहान किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा सडकमा फालेका हुन् ।

४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएको भन्दै उहाँहरुले गोलभेँडा फालेर आन्दोलन गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

टनेलमा उत्पादित गोलभेडाले उचित बजार मूल्य नपाएको हुँदा किसानले आफ्नो टमाटर तरकारी बजारमा ल्याएर कालीमाटीभित्र तथा मुख्य गेट नजिकै फालेर आन्दोलन गरेको समितिका सुचना अधिकारी विनय श्रेष्ठले जानकारीम दिनुभयो ।

अहिले कालीमाटी तरकारी बजारमा भारतीय गोलभेँडा ४० रुपैयाँ प्रतिकिलोमा ब्रिकी भइरहेको छ भने नेपाली टनेलको गोलभेँडा ६ रुपैयाँ केजीमा ब्रिकी भइरहेको छ ।