एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल

काठमाडौं, माघ १९ गते । एकीकृत समाजवादीको सचिवालय बैठकमा घनश्याम भुसाल पनि सहभागी हुनुभएको छ ।

आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी सचिवालय बैठकमा भुसाल पनि सहभागी हुनुभएको हो । एमाले त्यागेपछि भुसाल एकीकृत समाजवादीको बैठकमा पहिलोपटक सहभागी हुनुभएको हो ।

उहाँलाई एकीकृत समाजवादीले महासचिव बनाउने सर्त छ । सोही सर्तअनुसार बिहीबार सचिवालय बैठकमा भुसाल सहभागी हुनुभएको थियो ।

जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । विशेषगरी बैठकमा राष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन केन्द्रित छलफल भइरहेको छ ।