सन्दीपले लिनुभयो पाकिस्तानको चौथो विकेट

काठमाडौं, भदौ १३ गते । नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिनुभएको छ ।

एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालका लागि लामिछानेको पहिलो विकेट हो ।

पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय २५ रन जोडेको छ । पाकिस्तानले चौथो विकेटका रुपमा आघा सलमानलाई गुमाएको हो । उहाँलाई सन्दीपले क्याच आउट गराउनुभयो ।