मेयर शाह र उपमेयर सुनिता ग्राण्डी पुग्नुभयो, रिजालको पार्थिव शरीर ११ बजेदेखि राष्ट्रिय सभामा राखिने

काठमाडौं, भदौ २१ गते । काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुग्नुभएको छ । डेंगुबाट वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार निधनपछि उहाँहरुअस्पताल पुग्नुभएको हो ।

ग्राण्डी अस्पताल पुग्नुभएका मेयर शाह र उपमेयर डंगोल लगायत कांग्रेसका नेता कार्यकर्ताहरू निकै भावुक देखिनुभएको छ । रिजालको बिहान निधन भएको थियो ।

उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहनुभएका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

उहाँको जन्म २०२७ साल कार्तिक १९ गते भएको हो ।