बढ्यो सुन र चाँदीको मुल्य

काठमाडौं, भदौ ३१ गते । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १२ हजार ३०० रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ७५० रुपैयाँ निर्धारण भएको छ। यसअघि, शुक्रबार छापावाल सुन १ लाख ११ हजार ८०० रुपैयाँ कायम रहेको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार २५० रुपैयाँ निर्धारण भएको थियो। आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो।