भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य हुँदैन : कांग्रेस नेता रिजाल

काठमाडौं — नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य नहुने टिप्पणी गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व मन्त्री समेत रहेका रिजालले यस्तो भनाई राखेका हुन् । रिजालले नेपाल कुनै पनि देशमाथि हुने आतंकवादी आक्रमणको विपक्षमा रहनुपर्ने बताए।


‘कुनै पनि बहानामा भारतमाथि हुने आतंकवादी आक्रमण, भारतमात्रै होइन अन्य देशहरू माथि पनि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य हुँदैन,’ रिजालले भने।

साथै रिजालले नेपालको भूमि आतंकवादका लागि प्रयोग गर्न नदिइने र अरु गतिविधिका लागि पनि नेपाली भूमि प्रयोग हुन नदिइने बताए । यस्तै, नेपाल एक चीन नीतिमा स्पष्ट रहेको भनाई पनि उनले राखे।

नेपालका कतिपय सरकारले एक चीन नीतिलाई एक चीन सिद्धान्तकै रुपमा अघि बढाएको भन्दै उनले दुःख समेत व्यक्त गरे।