काठमाडौं — नख्खुबाट भागेकाका सञ्जय टकलासहित १७ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टकला(साह)सहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएकोँ ५। उनीहरूलाई काभ्रेको मंगलटारबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
जेनजी आन्दोलनको दोस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार प्रशासनले नै रिहा गरेपछि अरु कैदीहरू पनि निस्किएका थिए।

जनकपुर बमकाण्डमा दोषी ठहर भएका उनी १२ वर्षदेखि जेल सजाय काटिरहेका थिए। तत्कालीन मधेसी जनअधिकार फोरम र सद्भावना पार्टीबाट समेत सांसद भएका उनीमाथि सञ्चार उद्यमी अरुण सिंहानियाको हत्याको आरोप पनि छ। उनी पूर्व राज्यमन्त्रीसमेत हुन्।
रवि लामिछाने निस्किएपछि जेलभित्रका अरु कैदीहरूले जेलभित्र आगजनी र तोडफोड गरेका थिए। त्यसक्रममा त्यहाँ रहेका २ सय ६० जना कैदीहरू निस्किएका थिए।



