बुल्दीखोलामा पक्की पुल निर्माणको काम धमाधम

व्यास – व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ भादगाउँ जोड्ने बुल्दीखोलामा पक्की पुल निर्माणको काम धमाधम भइरहेको छ । तीन वर्षअघि सम्पन्न गरिनुपर्ने पुलको अहिलेसम्म केवल ३७ प्रतिशत मात्र काम सकिएको छ ।

पूर्वाधार विकास कार्यालयका इन्जिनियर रवीन्द्र तिवारीका अनुसार निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको २५ मिटर लामो पुलको गडरको एक भाग भत्काएर पुनर्निर्माण सुरु गरिएको छ। हाल पुलको फाउन्डेसन निर्माणको काम जारी छ ।

पुल निर्माणको कुल लागत रु पाँच करोड १० लाख ३३ हजार निर्धारण गरिएको छ ।