काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठन गरिएको आयोगले मेयर शाहलाई औपचारिक पत्र पठाउँदै बयानका लागि उपस्थित हुन अनुरोध गरेको हो ।
आयोगले यसअघि उक्त घटनासँग सम्बन्धित विषयमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरूसँग समेत बयान लिइसकेको छ ।
जेनजी आन्दोलनका क्रममा भएका गतिविधि, त्यसको पृष्ठभूमि तथा राज्य संयन्त्रको भूमिकाबारे सत्यतथ्य पत्ता लगाउने उद्देश्यले आयोगले क्रमशः सम्बन्धित व्यक्तिहरूसँग बयान लिँदै आएको जनाएको छ। मेयर शाहसँगको बयानपछि घटनासम्बन्धी थप तथ्य संकलन हुने अपेक्षा गरिएको छ ।



