काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह देखिएका छन् । उनी शुक्रबार काठमाडौं महानगरपालिका–८, जयबागेश्वरीस्थित ब्रह्मा मन्दिर उदघाटन कार्यक्रममा सहभागी भएका हुन् ।
गायत्री मार्गमा अवस्थित सो मन्दिर छैटौं शताब्दीको पुरानो मानिन्छ । सन् १९९० सालअघिदेखि भग्नावशेषको रूपमा रहेको मन्दिरलाई काठमाडौं महानगरपालिकाले हाल पुनर्निर्माण गरेको हो । केही दिनअघि मात्र मन्दिरमा ब्रह्माको ऐतिहासिक मूर्ति पुनःस्थापना गरिएको थियो, जुन करिब ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा सुरक्षित राखिएको थियो ।
उदघाटन कार्यक्रममा मेयर साह, उपमेयर सुनिता डंगोल र डा. स्वामी केशवानन्द गिरी लगायतको उपस्थिति रहेको थियो ।



