२८ वर्षपछि सिगाना गाउँ पक्की सडकसँग जोडिँदा

बागलुङ, — विकास पूर्वाधारका दृष्टिले पछि परेको सिगाना गाउँ पक्की सडकसँग जोडिएपछि स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।

सिगाना गाउँ सुन्तला उत्पादनका लागि प्रख्यात क्षेत्र हो । सडक कालोपत्र भएपछि यहाँ उत्पादन हुने कृषिजन्य वस्तु सहज रूपमा बजारसम्म पुर्‍याउन सकिने भएकोले किसानहरू विशेष खुसी भएका छन् ।

२८ वर्षअघि ‘ट्र्याक’ खोलिएको बागलुङ–सिगाना १० किलोमिटर सडक रु २९ करोडको लागतमा कालोपत्र गरिएको सडक डिभिजन कार्यालय का प्रमुख हरि सुवेदी ले जानकारी दिए ।

‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत उक्त सडक स्तरोन्नति गरी कालोपत्र गरिएको हो ।

स्थानीयका अनुसार सडक सहज भएपछि कृषिजन्य उत्पादनको बजारीकरणमा ठूलो सहजता आउनेछ भने गाउँको आर्थिक गतिविधि पनि विस्तार हुने अपेक्षा गरिएको छ ।