काठमाडौँ, – नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पूर्वमन्त्री खड्कालाई आज बिहान पक्राउ गरेको हो।
सिआइबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठ का अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको हो।
उक्त प्रकरणबारे थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ। आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी कानुनी कारबाही अघि बढाइने प्रहरीले जानकारी दिएको छ।



