काठमाडौं – केपी शर्मा ओलीविरुद्ध भइरहेको अनुसन्धानका लागि थप दुई दिन म्याद थपिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले अनुसन्धानका लागि उक्त म्याद दिएको हो ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री ओलीमाथि जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा वर्तमान सरकारले उनलाई चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो ।
पक्राउपछि अस्वस्थ रहेका ओलीलाई हाल शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ। अनुसन्धान प्रक्रिया जारी रहेकाले अदालतले थप दुई दिन म्याद दिएको हो।



