काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा को बैठक आज बिहान ११ बजे बस्ने भएको छ।
बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
गत बैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्न प्रधानमन्त्री बालेन्द्र शाह ले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू प्रस्तुत हुनेछन् भने त्यसमाथि छलफल पनि गरिनेछ।
त्यसैगरी, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यसूची पनि रहेको छ।



