गाउँमै वार्षिक १५ लाख आम्दानी

तेह्रथुम – रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती रित्तिँदै गएका छन् । बेरोजगारीलाई राष्ट्रिय समस्याका रूपमा लिइरहँदा म्याङलुङ नगरपालिका–४ डाँडाखर्ककी तुलसा खनाल बुढाथोकीले भने आफ्नै गाउँको माटोमा पसिना र सीप खर्चिएर वार्षिक रु १५ लाखसम्म खुद आम्दानी गर्दै आएकिछन् ।

करिब २० रोपनी क्षेत्रफलमा ५० वटा टनेल निर्माण गरेर उनले व्यावसायिक सागसब्जी खेती सञ्चालन गरेकिछन् । टमाटर, भन्टा, अकबरे खुर्सानी, काक्रो, बोडी तथा विभिन्न जातका सागसब्जी उत्पादन गर्दै आउनुभएकी तुलसाको दिन बिहान ४ बजेदेखि साँझसम्म खेतमै बित्ने गरेको छ ।

“आफ्नै माटोमा मेहनत गर्न सक्यो भने पैसा पनि यहीँ फल्दोरहेछ”, बुढाथोकी भनछन्, “ढङ्ग पुर्‍याएर मेहनत गर्ने हो भने सरकारी जागिरभन्दा तरकारी खेती निकै जाती ।”

उनकाे परिवारका अन्य सदस्य पनि कृषि कर्ममै जोडिएका छन् । श्रीमान् सरकारी सेवामा हुनुहुन्छ भने ससुरा सरकारी सेवाबाट अवकाश प्राप्त पूर्वकर्मचारी हुन् । परिवारले सागसब्जी खेतीसँगै करिब ८० रोपनीमा धानखेती पनि गर्दै आएको छ । धानखेतीको जिम्मेवारी ससुराले सम्हाल्दै आएकीछन् । भने तुलसाले मुख्य रूपमा सागसब्जी खेतीको व्यवस्थापन गर्नुहुन्छ । सरकारी सेवामा रहेका श्रीमान्ले पनि बिहान–बेलुका खेतीमा सहयोग गर्दै आएकाकीछन् ।

सागसब्जी खेतीमा गाउँकै दुई महिलालाई स्थायी कामदारका रूपमा राखिएको छ । उनीहरूलाई मासिक रु १८ हजार पारिश्रमिक दिने गरिएको छ । कामको चापअनुसार थप श्रमिकसमेत बोलाउने गरिएको छ । बोलाइएका श्रमिकलाई कामको प्रकृतिअनुसार दैनिक रु ५०० देखि रु एक हजार ५०० सम्म पारिश्रमिक दिने गरिएको तुलसा बताउ५न् ।

बुढाथोकी परिवारले करिब १६ वर्षअघि १२–१५ वटा टनेलबाट व्यावसायिक सागसब्जी खेती सुरु गरेको थियो । सृजनशील कृषि फर्म दर्ता गरेर व्यवसाय सञ्चालन गर्दै आएकी उनले विसं २०७६ मा प्रदेश सरकारबाट रु पाँच लाख अनुदान प्राप्त गर्नुभएको थियो । त्यसपछि थप टनेल निर्माण गर्दै अहिले संख्या ५० पुर्‍याइएको हो ।

“सुरुमा डेढ–दुई लाख रुपैयाँबाट खेती थालेका थियौँ”, उनले भनिन्, “यहाँबाट भएको कमाईलाई फेरि यही व्यवसायमा थप्दै र लगानी गर्दै जाँदा अहिले करिब रु ८० लाख पुगेको छ ।”

म्याङलुङ बजारमा लाग्ने हटियामा एकपटकमा रु १० हजारदेखि रु ४० हजारसम्मका सागसब्जी बिक्री हुने गरेको उनी बताउछन् । उनले हप्तामा दुईपटक उत्पादन बजारमा लैजान्छन् । विशेषगरी बेमौसमी सागसब्जीको बजार राम्रो रहेको उनकाे अनुभव छ । कामदारको पारिश्रमिक, मल, बीउलगायत खर्च कटाएर वार्षिक करिब रु १५ लाख खुद नाफा हुने गरेको उनले बताए ।

तुलसाका श्रीमान् यसअघि म्याङलुङ बजारमा साइबर सञ्चालन गर्नुहुन्थ्यो । विसं २०६० तिर वैदेशिक रोजगारीका लागि दुबई पुग्नुभएका उनी विदेशमा भोगेको दुःख र सङ्घर्षपछि स्वदेशमै केही गर्ने सोच बनाएर फर्किएकीथिइन् । त्यसपछि श्रीमान्–श्रीमती मिलेर १०–१२ वटा टनेलमा सागसब्जी खेती सुरु गरेका थिए ।

विसं २०७० सालपछि उनका श्रीमान्ले जिल्ला अस्पताल तेह्रथुममा करार सेवामा काम गर्न थाल्नुभयो भने तुलसाले सागसब्जी खेतीलाई विस्तार गर्दै व्यावसायिक रूपमा अघि बढाइन्।

सागसब्जी खेतीबाट भएको आम्दानीले परिवारको आर्थिक अवस्था सुधारिनाका साथै छोराछोरीको शिक्षामा समेत सहयोग पुगेको छ । परिवारले म्याङलुङ बजार र इटहरीमा घर निर्माण गरेको छ । छोरी स्नातक तह तेस्रो वर्षमा आइटी इन्जिनियरिङ अध्ययनरत हुनुहुन्छ भने छोरा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । छोराछोरीको शिक्षामा मासिक रु ६०–७० हजारसम्म खर्च हुने तुलसा बताउछन् ।

“सागसब्जी खेतीबाट भएको आम्दानीले छोराछोरीको पढाइदेखि घरायसी खर्चसम्म धान्न सहयोग पुगेको छ”, उनी भन्छन् ।

म्याङलुङ बजारको टुँडिखेलमा प्रत्येक मंगलबार र शुक्रबार लाग्ने हटियामा उनकाे टोलबाट मात्रै दुईवटा ट्र्याक्टरमा सागसब्जी जाने गरेको छ । विगतमा डोकोमा बोकेर बजार पुर्‍याउनुपर्ने भए पनि पछिल्ला पाँच–सात वर्षयता सडक विस्तार भएपछि उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको तुलसा बताउछन् ।

बिहान ४ बजे नै खेतमा पुगेर बोटबिरुवाको अवस्था हेर्ने, रोग–किरा नियन्त्रण गर्ने, उत्पादन टिप्ने र बजार व्यवस्थापन गर्ने तुलसाका लागि कृषि व्यवसाय अहिले आम्दानीको माध्यम मात्रै होइन, परिवारको भविष्य निर्माण गर्ने आधारसमेत बनेको छ ।

तुलसाको १६ वर्षे कृषि यात्राले रोजगारीका लागि विदेशिनैपर्छ वा सरकारी जागिरमै निर्भर हुनुपर्छ भन्ने बाध्यता नरहेको देखाएको छ । आफ्नै ठाउँमा उपलब्ध माटो, श्रम, सीप र स्रोत–साधनको सदुपयोग गर्न सके गाउँमै आम्दानी र रोजगारीका अवसर सिर्जना गर्न सकिने उनकाे अनुभव छ ।

उनकाे सफलताले गाउँमा बाँझिँदै गएका जमिनलाई उत्पादनसँग जोड्न सके आम्दानीसँगै रोजगारीका अवसरसमेत सिर्जना गर्न सकिने सन्देश दिएको छ ।

“आफ्नै गाउँको माटोमा मेहनत गर्न सके यहीँबाट राम्रो आम्दानी गर्न सकिन्छ”, खनाल भन्छन्, “आफ्नै ठाउँमा भएको स्रोत र सीपलाई सदुपयोग गर्न सके परिवारसँगै बसेर काम गर्न र कमाउन सकिन्छ ।”