कुन देशमा कति बजे लगाउने दशैंकाे टीका ? (समयकाे सुचिसहित)

काठमाडौं, असोज २३ गते । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको आइतबार बसेको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको छ । अहिले अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम समेत चलिरहेको भन्दै विदेशमा बस्नेहरूको लागि पनि दसैँको टीकामा अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको उहाँले बताउनुभयो ।

समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएकोमा यो वर्ष झनै धेरै देशबाट यसको माग भएकोले माग बमोजिम ३० वटा देशमा टीका लगाउने साइत जुराइएको बताउनुभयो ।

कुन देशमा कति बजे लगाउने टीका ?