न्यायिक समितिमा आउने विवाद घट्दो

रामेछाप, असोज २५ गते । सानातिना विवाद स्थानीयस्तर मै मिलाउने र छिटोछरितो न्याय दिने उद्देश्यले स्थानीय तहमा न्यायिक समिति बने का छन् । रामे छापका दुई नगर पालिका र छ वटा गाउँपालिका गरी आठ वटै स् थानीय तहमा उपप्रमुख/उपाध्यक्षको नेतृत्व रहने गरी तीन सदस्यीय न्यायिक समिति बने का छन् । यसरी बने का न्यायिक समितिले मेलमिलापका माध्यमबाट स्थानीयस्तरमा उत्पन्न हुने विवाद समाधान गरिरहेका छन् ।

पछिल्ला वर्षहरूमा रामेछाप जिल्ला सदर मुकामसमेत रहेको मन्थली नगर पालिकाको न्यायिक समितिमा विवाद आउने व्रmम घट्दो दरमा देखिएको छ । आर्थिक वर्ष २०७८/८९ मा मन्थली नगर पालिकाको न्यायिक समितिमा ७५ वटा विवाद आएका थिए ।

गत आवमा न्यायिक समितिमा ४२ वटा मात्रै विवाद, उजुरी दर्ता भए । गत आवमा न्यायिक समितिमा आएका ४२ वटा विवादमध्ये ३३ वटा मिलापत्र गरी किनारा लगाइएको मन्थली नगर पालिकाका कानुन अधिकृत सुदर्शनकुमार रायले जानकारी दिनुभयो । कानुन अधिकृत रायका अनुसार चालु आवको हालसम्म जम्मा पाँच वटा मात्रै विवाद न्यायिक समितिमा दर्ता भएका छन् ।

“मन्थली नगरपालिकाको न्यायिक समितिमा आउने विवाद क्रमशः घटेको देखिन्छ । न्यायिक समितिमा विवाद कम दर्ता हुनु समितिप्रति नागरि कको विश्वास घटेको नभएर वडास्तरमा रहेका मेलमिलाप केन्द्रको सक्रियता बढेर हो ,” उहाँले भन्नुभयो । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र नगर पालिकाले जारी गरेको न्यायिक कार्यविधि, २०७५ अनुसार न्यायिक समितिले काम गरि रहेको मन्थली नगरपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक ईश्वरी बस्नेतले बताउनुभयो ।

“न्यायिक समितिमा आउने अधिकांश उजुरी श्रीमान् श्रीमतीबिचको झैझगडा, पारि वारि क विवाद, गाली बे इज्जती, जग्गा साँधसिमाना, श्रमसम्बन्धी छन् । यहाँ आएका केही विवादमा मिलापत्र गराउन निकै सकस हुन्छ । तत्काल मिल्न नसक्ने विवाद केही दिन सारेर भए पनि किनारा लगाएका छौँ,” उहाँले भन्नुभयो ।