प्रधानमन्त्री ज्यू नेपाली क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमण कसरी सम्भव भयो ? : ग्रेटर नेपाल

काठमाडाैं, असाेज २६ गते । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाली भु–भागमा भ्रमण कसरी सम्भन भयो भन्दै सरकारलाई प्रश्न गरेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई पत्र लेख्दै नेपाली भु–भागमा मोदीको उपस्थितले नेपाली नागरिकहरूका मनमस्तिष्कमा अनेक प्रश्नहरू उब्जिएको र त्यसको उक्तर सरकारले दिनुपर्ने बताईएको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतीय प्रधानमन्त्री मोदीको नेपाली भुभागमा प्रमण किन र केका लागि भएको ती सबै प्रश्नहरूको उत्तर नैतिक दायित्वको बोध गरी प्रधानमन्त्री दिनुपर्ने बताउनुभयो । नेपाली जनता त्यसको प्रतीक्षा गरिरहेका छन्, उहाँले भन्नुभयो ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको अस्ताक्षणमा पठाईएको पत्रमा सोधिएका प्रश्नहरुः

१ यही असोज महिनाको २५ गते बिहान नेपालको अभिन्न भूभाग जोलिङकाङ र गुन्जीमा भ्रमण गर्न इन्डियाली प्रधानमन्त्रीलाई नेपालको कुन निकायले अनुमति दिएको हो ?

२ इन्डियाली प्रधानमन्त्री नेपाली भूभागमा दलबलसहित जाने आधिकारिक सूचना इन्डियाली सरकारले सार्वजनिक गरेपछि त्यसलाई रोक्न नेपाल सरकारले के–कस्ता प्रयास ग-यो ?

३ लिम्पियाधुरासम्मको भूमि समेटेर अद्यावधिक गरिएको नेपालको नक्सालाई तत्कालीन संसद्बाट सर्वसम्मत रूपमा पारित गरेपछि कालापानीबाट इन्डियाली सेना फिर्ता गर्न इन्डियाली सरकारसँग किन कुनै किसिमको संवाद भएन ?

४ कालापानी क्षेत्रमा इन्डियाले सैन्य संरचना विस्तार गर्दा र नेपाली भूभागमा सडक निर्माण गरेको देख्दा के कति कारणले यसलाई रोक्ने प्रयास भएन ?

५यस विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने झिनो प्रयास पनि गरिएको देखिएन, किन ?

६ अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अन्तर्राष्ट्रिय जगतलाई औपचारिक रूपमा किन बुझाइएन ?

७ बैसठ्ठी वर्षदेखि निरन्तर थाती रहेको कालापानी क्षेत्रको समस्या समाधान हुन अब अझै कति समय लाग्छ ?

८ काली नदीको उद्गम पत्ता लगाउन अन्तर्राष्ट्रिय जलस्रोतविज्ञको सहायता लिने प्रयास अहिलेसम्म किन गरिएन ?

९ अद्यावधिक गरिएको नक्साअनुसार नेपालको क्षेत्रफल कति हो र किन सार्वजनिक गरिएन ?

१० समष्टिमा नेपाली राष्ट्रियताको आधारबिन्दु के हो ?

विहिबार असोज २५ गते बिहान ८ः३० बजेदेखि भारतीय प्रधानमन्त्री मोदीले नेपालको कालापानी क्षेत्र भ्रमण गर्नुभएको थियो । उहाँले हेलिकोप्टर चढेर कालापानी क्षेत्रको भ्रमण गरेका थिए । उहाँले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले भ्रमण गर्ने क्षेत्र नेपाल–भारत सिमानामा पर्दछन् । नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटी लगायतका भूभाग पनि समेटिएको छ ।

विहिबारको प्रतिनिधि सभाको बैठकमा त्यस विषयमा सदनलाई जानकारी गरउनु माग गरिएको थियो ।