कोशी प्रदेशको आठौ मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

विराटनगर, असोज २७ गते । नेपाली कांग्रेसका नेता केदार कार्की कोशी प्रदेशको आठौ मुख्यमन्त्रीको रुपमा नियुक्त हुनुभएको छ ।

अघिल्लो प्रदेश सभामा ३ जना मुख्यमन्त्री भएका थिए । कोशी प्रदेशमा पछिल्लो प्रदेश सभाको एक बर्षको अवधिमा ५ औ मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

यो अबधिमा २–२ पटक हिक्मत कार्की र उद्धव थापा मुख्यमन्त्री बन्नुभएको छ । दुवै पटक मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कांग्रेस संसदीय दलका मुख्यमन्त्री बनेका उद्धव थापालाई भने अदालतले बरखास्त गरेको थियो ।

हिक्मत भने पहिलो पटक माओवादी र जसपाले साथ छाड्दा विश्वासको मत पाउन नसकी पद मुत्त हुनुभएको थियो । भने दोस्रो पटक विश्वासको मत पाउन नसक्ने भएपछि राजीनामा दिनुभयो ।

संबिधानको धारा १६८(३) अन्तरगत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा दिएसँगै प्रदेश प्रमुखले संबिधानको धारा १६८(५) अन्तरगत सरकार गठनको आव्हान गरेका थिए ।

सो धारा अन्तरगत केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्रीको दावी पेस गर्नुभएको थियो । काङ्ग्रेसबाट प्रदेश सभा सदस्य निर्वाचित भएका केदारले काङ्ग्रेसको निर्णयको विरुद्धमा विद्रोह गर्दै काङ्ग्रेसका ८ प्रदेश सभा सदस्य सहित एमालेसँग मिलेर मुख्यमन्त्रीको दावी पेस गर्नुभएको हो ।

कांग्रेसका ८ र एमालेका उप सभामुख सहित ४० सदस्यले केदारलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्नुभएको थियो । कोशी प्रदेश सभामा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्दछ । एमालेबाट कोशी प्रदेशको उप सभामुखले सभा चलाएको अवस्थामा पनि उनको पक्षमा ४७ सदस्य पुग्ने छन् । कोशी प्रदेशमा ४७ प्रदेश सभा सदस्य बहुमत हो ।

सभामुख पद रित्त रहेको अवस्थामा पनि कार्कीले विश्वासको मत पाउनुहुने छ । मुख्यमन्त्री दावी गर्दा ८ जनाले मात्रै हस्ताक्षर गरेपनि कार्कीको् पक्षमा थप काङ्ग्रेसका प्रदेश सभा सदस्यहरु खुल्नुभएको छ । काङ्ग्रेसले भने माओवादीका इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।