१९ बुँदै सहमति भएपछि स्थानीय तहका कर्मचारी आन्दोलन रोकेर सेवामा फर्किए

काठमाडौं, असोज २८ गते । १४ दिनदेखि आन्दोलित स्थानीय तहका कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता दिएका छन् । सरकार र कर्मचारीबीच शनिबार राति १९ बुँदै सहमति भएपछि बाँकी आन्दोलनका कार्यक्र नगर्ने भएका हुन् ।

विभिन्न माग राखेर संघीय राजधानी काठमाडौंमा स्थानीय तहका कर्मचारीले १४ दिन आन्दोलन गरेका छन् । बिहीबार ५ घन्टाका साथै शुक्रवार र शनिबार निरन्तर वार्ता भएपछि सहमति भएको हो ।

सहमतिमा प्रमुख प्रशासकीय अधिकृत ऐन लागू भएको पाँच वर्ष निजामती कर्मचारी र त्यसपछि स्थानीय सेवाको हुन पाउने छन् ।

तहगत सरुवा प्रणाली, ट्रेड युनियन अधिकार, प्रदेशले निर्माण गर्ने कानुनमा स्थानीय कर्मचारीको साटो प्रदेशको निजामती कर्मचारी, पाँच वर्षमा बढुवा हुने व्यवस्था गर्ने सहमति भएको संघर्ष समितिका महासचिव विजय देवकोटाले जानकरी दिनुभयो ।

उहाँका अनुसार सहमति भएपछि १४ दिनदेखिको आन्दोलन रोकिएको छ । आइतबारदेखि नै कर्मचारी सेवामा फर्किनेछन् ।