ओमानलाई नेपालले दियो १८५ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेल र गुल्शन झाले अर्धशतक बनाउनुभयो ।