भूकम्पबाट रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या ५३

रुकुम पश्चिम, कात्तिक २४ गते । यही कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु  बनाएर  गएको छ दशमलव चार रेक्टर स्केलको  भूकम्पमा परी  घाइते  हुनुभएका एकजनाको मृत्यु भएको छ ।
जिल्ला चौरजहारी नगरपालिकामा कार्यरत २३ वर्षीय  नगर प्रहरी  निरोज विष्टको उपचारका क्रममा मृत्यु भएको हो ।सुर्खेतको  कालागाउँस्थित प्रादेशिक अस्पताल आज बिहान ९ बजे उहाँको  मृत्यु भएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मेद्र खड्काले जानकारी दिनुभयो ।
मृतक विष्ट चौरजहारी नगरपालिका–१ निवसी हुनुहुन्छ । योसँगै जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ ।
वडा नं ८ को गोइरी जिउलामा ढुङ्गा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिनुभएका बिष्ट भूकम्प आएपछि त्यहाँ उद्धारका लागि  मोटरसाइकलमा जाँदै गर्दा बाटोमा माथिबाट खसेको पहिरोले टाउकोमा लाग्दा उहाँ सख्त घाइते हुनुभएको थियो ।