कत्ति पनि विचलित नहुनुहोस् शभापतिज्यू, : डा. तोसिमा

काठमाडौँ, माघ २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा निवर्तमान स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्किले रवि लामिछानेलाई कत्ति पनि विचलित नहुन आग्रह गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ शभापतिज्यू, तपाई कत्तिपनि विचलीमा नहुनुहोस । हामी तपाईको साथमा छौँ हामी सँग जनता साथमा छन् । जनतासँग गरेको एक एक वाचा भुलेका छैनौँ  भुल्नेछैनौँ . भन्नुभयाे ।

उहाँले हामी जाहाँ उभिन्छौँ जनताको मुद्दाको वकालत त्यहिँ बाट गर्छौँ र गरिरहन्छौँ लोकतन्त्रमा सबै भन्दा शक्तिशाली जनता हुन् त्यसैले सत्य साहस निष्ठा र ईमान को न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि खुद जनतालाई नै सुम्पेका छौँ ।

रास्वपा सरकारबाट बाहिरीएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. कार्कीले आईतबार मात्र प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिनुभएको हो ।