रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले

काठमाडौं, मंसिर १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । महोत्तरीमा जारी बैठकले सांसद वाग्लेलाई उपसभापति बनाएको हो।

वाग्ले उपसभापति बनेसंगै रास्वपामा दुई जना उपसभापति हुनुहुन्छ । यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन् । उहाँ र वाग्लेसहित पार्टीमा अब दुई उपसभापति हुनुहन्छ ।

बैठकले सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ । कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई थप गरिएको छ ।

यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहनुभएका छन् ।