सेयर बजार ७६.६४ अंकले बढ्यो

काठमाडौं, माघ २४ गते । मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ। यसदिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचक बढेसंगै कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।

सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजारको सेयर कारोबार भएको थियो । मंगलबार २६० वटा कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोडभन्दा बढी रुपैयाँको करोबार भएको छ ।

मंगलबार, बरुन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् र आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यसैगरी एनआईसी एसियाबैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकले १२ करोड ९२ लाख भन्दा बढी रुपैयाँ कमाएको छ ।

त्यस्तै, कारोबारमा आएका १३ वटा उपसुचकहरुमा उकालो लागेर हरियाली छाएको छ ।