राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जानुभएन मेयर बालेन

काठमाडौं, माघ ११ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् । उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै हुनुहुन्छ ।

‘उहाँ मतदान गर्न जानु भएको छैन, कार्य व्यस्तताको कारण मतदान गर्न नजानु भएको भन्ने बुझिएको छ । जाने कुरो पनि छैन,’ बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भन्नुभयो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान जारी छ ।

उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुग्नुभएको स्रोतले जनाएको छ ।