राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार निर्वाचित

काठमाडौं, माघ २५ गते । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हनुभएको छ ।

उहाँले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुत्तिुनु पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्नुभएको छ ।

दसौंदीले ४ हजार २६ मतभार पाउनुभयो भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाउनुभएको थियो । दसौंदीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलको समर्थन थियो ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको थियो ।

राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।