तुलसीपुर उपमहानगरपालिकाबाट आफ्नो भवन अगाडिका व्यापारिक सटरहरू भत्काउन सुरू

तुलसीपुर उपमहानगरपालिकाले सर्वसाधारणको सुविधाका लागि आफ्नो भवन अगाडिका व्यापारिक सटरहरू भत्काउन सुरू गरेको छ ।

मेयर टीकाराम खड्काका अनुसार ‘स्थानीय सरकारकै अगाडि सटरहरू भाडामा लगाउँदा त्यसले फुटपाथ अतिक्रमण भयो र सर्वसाधारण मानिसलाई हिँड्डुल गर्न मुस्किल हुन थाल्यो, बजारमा व्यापारीलाई फुटपाथ अतिक्रमण गर्न नपाइने भनेर भत्काउने तर आफ्नै अगाडि फुटपाथ मिचेर पैसाको लागि भाडामा लगाउनु विरोधाभासपूर्ण थियो । त्यही भएर भत्काइएको हो ।’

 

मेयर खड्काले त्यो ठाउँ उपमहानगरमा आउने सेवाग्राहीका लागि पार्किङका लागि प्रयोग गरिने बताए । बजारमा पार्किङको सुविधा नहुँदा सडकमै पार्किङ गर्नुपर्ने असहज स्थिति रहेको हुँदा कम्तीमा उपमहागनरपालिका अगाडि मनपरी पार्किङ नहोस् र पर्खालभित्रै सर्वसाधारणले सवारी साधन सुरक्षित रूपमा पार्किङ गर्न सकून् भन्ने सोचले काम भइरहेको उपमहानगरले जनाएको छ ।