बल्खु तरकारी बजार डुबानमा : एक जनाको मृत्यु

१६ साउन, काठमाडौं । मंगलबार राति परेको अविरल वर्षाले बल्खु खोलाको बहाव बढ्दा बल्खु तरकारी बजार डुबानमा परेको छ भने एक जना मृत अवस्थामा भेटिएका छन् ।

बर्सेनि डुबानमा पर्दै आएको तरकारी बजार डुब्दा व्यवसायीका तरकारी र जिन्सी सामग्रीमा क्षति पुगेको छ । बाढीले तरकारी बोक्न प्रयोग हुने विभिन्न सवारी साधन पनि पल्टाएको छ ।

उपत्यका प्रहरीका अनुसार बल्खु खोलामा आएको बाढीले बगाउँदा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको हो। बुधबार बिहान साढे ७ बजेतिर उको शव बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।