केन्द्रीय कमिटी बैठकको एजेण्डा तय र राजनीतिबारे छलफल गर्न एमालेको बैठक बस्दै

काठमाडौँ — नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ। बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो १२ः३० मा बस्न लागेको हो।

आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिनेछ। केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो।

Laxmi sunrise bank 2034

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ।