१८ उपसचिवको सहसचिवमा र ५७ अधिकृतको उपसचिवमा बढुवा सिफारिस

काठमाडौँ —  निजामती प्रशासनका १८ जना उपसचिव सहसचिवमा र ५७ जना शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस भएको छ । कार्यसम्पादन मूल्याङकनका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवाको लागि शुक्रबार सूचना निकालेको छ ।

Laxmi sunrise bank 2034

शतप्रतिशत प्राप्ताङकसहित सहसचिवमा बढुवा सिफारिस हुने उपसचिवहरुमा प्रेमप्रसाद लुईटेल, रामदत्त पाण्डे, लक्ष्मण ढकाल, विनिता भट्टराई, दिल कुमार तामाङ, लक्ष्मी पाण्डेय(गौतम), मनिता श्रेष्ठ, लोकबहादुर सुनार, जगदिश्वर उपाध्याय, नारद गौतम, निर्मल ढकाल, वीरेन्द्र कुमार मिश्र, राजेन्द्र कुमार हमाल, इन्द्र प्रसाद बस्याल, शिवप्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाही छन्।

उपसचिवमा बढुवा सिफारिस ३९ जना प्रशासनतर्फ, ११ लेखा र सात जना राजश्व समूहका कर्मचारी छन्।