पत्रकार रिता बुढाथोकीको नेतृत्वमा साईकल यात्रा

काठमाडौँ, बैशाख ६ गते । तीन जना दलित पत्रकार महिलाले मेची महाकाली साइकल यात्रा सुरु गरेका छन् । पत्रकार रिता बुढाथोकीको नेतृत्वमा तीन दलित महिला पत्रकारहरुले जातीय तथा सबै प्रकारका विभेद अन्त्यसँगै दलित महिलाको न्याय, समानता, मुक्ति र आत्मसम्मानका लागि सम्बन्धित निकायलाई ध्यान केन्द्रित गर्न सो यात्रा सुरु गरेका हुन् ।

दलित समुदायबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सचिव पत्रकार बुढाथोकी, पत्रकार ईन्दिरा बिश्वकर्मा र संगीता नेपाली रहनुभएको छ ।

यात्रा सुदुरपश्चिमको कञ्चनपुर जिल्लाबाट सुरु भई झापाको मेची नगरपालिकामा पुगेर सम्पन्न हुने बुढाथोकीले जाकारी दिनुभयो । उहाँका अनुसार साईकाल यात्र १८ देखि २५ दिनको हुने छ । साईकल यात्रामा निस्केका महिला पत्रकारहरुले सडकबाट पायक पर्ने दलित वस्तिमा पुगेर दलित महिलाहरुसँग प्रत्यक्ष साक्षात्कार गर्ने उहाँले बताउनुभयो ।

मेची महाकाली साईकल यात्रा जातीय छुवाछुत र भृेदभाव विरुद्ध हुने भएकाले दलित समुदाय र गैरदलित समुदायलाई समेत जागृत गराउनेमा हामी विश्वस्त छौ, पत्रकार बुढाथोकीले भन्नरभयो, जातीय छुवाछुत अमानवीय र कानुनी रुपमा अपराध भएकाले व्यवहारमै छुवाछुत हटाउन अभियानको थालनी गरेका छौ । अभियानका क्रममा ठाउँ–ठाउँमा प्रदेश सरकार, स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष तथा जनप्रनिधिहरुको उपस्थिती हुने भएकाले छुवाछुत अन्त्यका लागि कानुन् कार्यान्वयनको अवस्था बुझ्न सकिने उहाँले बताउनुभयो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल र समता मिडिया सेन्टरको ब्यानरसहित आज बाट मेची महाकाली साइकल यात्रा सुदुरपश्चिम प्रदेस प्रमुखाको उपस्थितीमा सुरु भएको पत्रकार मिलन परियारले जनाकारी दिनुभयो । उहाँका अनुसार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडी, पुर्व मन्त्री मान बहादुर सुनार , धनगढी उपमहानगरका पुर्व मेयर लगायतले यात्राको शुभकामनाका साथ विधाई गर्नुभएको थियो ।