रविलाई आज पनि श्रीमती र कानुन व्यवसायीको जिम्मामा छाड्ने आदेश

काठमाडौँ  —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि फेरि उपस्थित हुने शर्तमा आज पनि परिवारको जिम्मा लगाएको छ।

बिहीबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहस नसकिएपछि उनलाई शुक्रबार अदालतमा उपस्थित गराउने सर्तमा श्रीमती निकिता पौडेल लामिछाने र उनका कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश दिएको हो।

Laxmi sunrise bank 2034

यसअघि बुधबार पनि रविको थुनछेक बहस हुन नसकेपछि उनलाई परिवार र कानुन व्यवसायीको जिम्मामा छोडिएको थियो।

भोलि पनि रविविरुद्धको थुनछेक बहस जारी रहनेछ।