‘नो केबलकार समूह’द्वारा मेची राजमार्ग र तमोर करिडोर ठप्प

काठमाडौँ  —   पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको ‘नो केबलकार समूह’ले मंगलबार मेची राजमार्ग र तमोर करिडोर बन्द गराएका छन्।

गत माघ १२ गते शनिबार पाथीभरा क्षेत्रको बलुडाँडामा सुरक्षार्मी र प्रदर्शनकारीबीचको झडपमा विषयलाई लिएर उनीहरूले राजमार्ग र करिडोर बन्द गराएका हुन्।

मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङलगायतका संघसंस्थाले केबलकार निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने, घाइतेहरूको उपचार र पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्नु पर्ने माग राखेका छन्।

गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका प्रतिनिधिसभा सांसदहरूलाई मंगलबार साँझ ५ बजे मन्त्रालयमा बोलाएका छन्।

Laxmi sunrise bank 2034

गत शनिबार ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ। प्रहरीको गोली लागेर ‘नो केबलकार’ समूहका चारजना घाइते भएका थिए। त्यस्तै प्रदर्शनकारीको ढुंगामुढाले लागेर प्रहरी निरीक्षकसहित २१ जना घाइते भएका थिए।

स्थानीयवासीले पाथीभरामा केबलकार निर्माणको सुरुदेखि नै विरोध गर्दै आएका छन्। पाथीभरा मुकुम्लुङ केबलकार दर्शन प्रालिले कात्तिक २३ गतेदेखि केबलकार निर्माणको काम सुरू गरेको थियो।