सरकार निरंकुश ढंगले अगाडि बढिरहेको एकीकृत समाजवादीको निष्कर्ष

काठमाडौँ  — नेकपा (एकीकृत समाजवादी) ले नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको वर्तमान सत्ता गठबन्धन सरकार निरंकुश ढंगले अगाडि बढिरहेको बताएको छ।

अध्यक्ष माधव नेपालले हालै अपानी जारी गर्दै गठबन्धन सरकार निरंकुश ढंगले अगाडि बढिरहेको बताएका हुन्।

वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको एकीकृत समाजवादीले भनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार देश र जनताको हित प्रतिकूल निरंकुश ढंगले अगाडि बढिरहेको एकीकृत समाजवादीले बताएको छ।

Laxmi sunrise bank 2034

देशमा महंगी अकासिएको तर सरकार मूल्य नियन्त्रण गर्ने होइन व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर दलाल व्यापारीको पक्षमा उभिएको पनि समाजवादीले बताएको छ।

त्यस्तै ओली सरकारले अन्तराष्ट्रिय सम्बन्ध सन्तुलित राख्न पनि नसकेको समाजवादीको आरोप छ ।

वक्तव्यमा भनिएको छ, ‘सरकारका यस किसिमका गतिविधिले गर्दा आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएको छ । हाम्रोसमेत पहलकदमीमा संसदमा रहेका प्रतिपक्षी दलहरू सरकारका उपयुक्त गलत क्रियाकलापका विरुद्ध उभिएका छन् र बैठक बसी छलफल गरेर संयुक्त वक्तव्यमार्फत् साझा धारणा सार्वजनिक गरेका छन् ।’