देउखुरीका स्वर्गद्वारी गुठीपीडितको काठमाडौंमा धर्ना [फोटो फिचर]

काठमाडौँ  —  स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिको अगुवाइमा पीडितहरू धर्नामा बसेका हुन्। गत वर्ष सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछि फेरि आन्दोलनमा उत्रिनुपरेको उनीहरूले बताएका छन्।

Laxmi sunrise bank 2034

मोहियानी हकको माग गर्दै गत वर्ष उनीहरूले आन्दोलन गरेका थिए। त्यसपछि २०८० चैत ७ मा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहमति गरेको थियो। जसमा स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानून बनाउने उल्लेख थियो। तर एक वर्ष पुग्न लाग्दा पनि सरकारले कानून निर्माणको प्रक्रिया थालेको छैन।

सरकारले सहमति गरेर झुक्याएको उनीहरूको भनाइ छ। अब माग पूरा नहुँदासम्म धर्ना जारी राख्ने बताएका छन्।

swargadwari pidit (4).jpg

swargadwari pidit (2).jpg

swargadwari pidit (3).jpg

swargadwari pidit (6).jpg

swargadwari pidit (1).jpg

swargadwari pidit (7).jpg