
काठमाडौं — सत्तारुढ दलको बैठक आह्वान गरिएको छ। शनिबार (आज) बिहान ११ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बस्न लागेको हो।
आजको बैठकमा अध्यादेश, संविधान संशोधनका लागि कार्यदल बनाउनेलगायतका कुरामा चर्चा हुने जनाइएको छ।
सत्तापक्षकै केही दलले विरोध गरेपछि ६ अध्यादेश संसदमा अघि बढ्न सकेका छैनन्।