अखिलको २३ औं राष्ट्रिय महाधिवेशनको उद्धघाटन आज

काठमाडौं, फागुन २ गते । नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थ युनियन (अनेरास्वियु) को २३औं राष्ट्रिय महाधिवेशन आजवाट सुरु हुने भएको छ ।

लामो समय निर्वाचनवाट नेतृत्व चयन गर्न नसकेको अखिलले सहमतिवाट नेतृत्व चयन हुन नसकेमा मतदान पक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ ।

निःशुल्क शिक्षा, स्वास्थ्य र पुर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल संगठन, स्वबियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिसन हुन लागेको हो । जो २–४ फागुनसम्म काठमाडौंमा आयोजना हुनेछ ।

‘यो महाधिवेसका मुख्य उदेश्य भनेको नेतृत्व छनौट गर्ने हो, जसले १९९ सदस्सीय केन्द्रिय समिति गठन गर्नेछ,’ अध्यक्ष सुनिता बरालले जानकारी दिनुभएको छ। ‘तीनवटा केन्द्रिय आयोग पनि निमार्ण हुनेछन, उहाँले भन्नुभयो ।

आयोगमा १५ जना सदस्य हुनेछन ।’ उहाँका अनुसार सहमतीयवाट नेतृत्व चयन हुन नसकेमा बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाईएको छ ।

मंगलबार अपरान्ह १२ः३० मा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्धघाटन गर्ने महाधिवेसनमा सहभागी हुन देशभरीवाट १०८० प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष बरालले जानकारी दिनुभयो ।