अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार

काठमाडौं — तल्लो बाटोबाट अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपाली नागरिकमाथि अमेरिकी सुरक्षा बलले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

अमेरिकी समय अनुसार गतसाताको मंगलबार राति डुंगा चढेर अमेरिका प्रवेश गर्न लागेका उनीहरूलाई अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)को एयर एण्ड मरीन अपरेसन्स् (एएमओ)ले गोली हानेर पक्राउ गरेको हो।

उनीहरू क्यालिफोर्नियाको सानडिएयो क्षेत्रबाट अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्दै थिए। सीबीपीले नेपालीसहित नौजना आप्रवासीलाई नियन्त्रणमा लिइएको जनाएको छ।

पक्राउ पर्नेमा दुई नेपालीसहित दुई मेक्सिकन, चार ब्राजिलियन र एक जना चिनियाँ नागरिक छन्। सीबीपीले हालसम्म पक्राउ पर्नेको परिचय भने खुलाएको छैन।

Laxmi sunrise bank 2034

सीबीपीले भनेको छ, ‘एएमओको विमानले मंगलबार राति करिब साढे ९ बजे क्यालिफोर्नियाको तटबाट डुंगामा अमेरिकाको सिमातर्फ आउँदै गरेको अवैध आप्रवासीको समूह पत्ता लगाएपछि कोस्टल इन्टरसेप्टर भेसलसँग समन्वय गर्दै एयरक्रुले डुंगाको निगरानी गरिरहेको थियो। रातिको समयका कारण समुद्रमा उनीहरूलाई नियन्त्रणमा लिन समस्या भएपछि बुधबार बिहान उनीहरुमाथि गोली प्रहार गरी पक्राउ गरिएको हो।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगतै सीमा सुरक्षामा कडाइ गर्दै सीबीपीलाई गैरकानुनी रुपमा सीमा पार गरी अमेरिका प्रवेश गर्न खोज्नेहरूलाई अवस्थाको अध्ययन गर्दै इन्काउन्टर समेत गर्नसक्ने अधिकार दिएपछि आप्रवासीको संख्या ह्वात्तै घटेको छ।