
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार चारवटा विधेयक प्रमाणीकरण गरेका छन्।
संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (इ-कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।
ती विधेयकहरु संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ।