प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट सार्थक र रचनात्मक रह्यो: ओली

काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको बताएका छन्।

शुक्रबार बिमस्टेक सम्मेलनका क्रममा बैंककमा समकक्षी नरेन्द्र मोदीसँगको भेटमा दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि छलफल भएको बताएका हुन्।

Laxmi sunrise bank 2034

प्रधानमन्त्री मोदीसँगको भेटपछि ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो। हाम्रो संवाद अत्यन्त सार्थक र रचनात्मक रह्यो।

हामीले नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्‍यौं। विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ।’