राप्रपा अध्यक्ष लिङदेनलगायत नेता रिहा

काठमाडौं  — निषेधित क्षेत्रमा आन्दोलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेतालाई प्रहरीले रिहा  गरेको छ ।

करिब तीन घन्टा प्रहरी कार्यालयमा राखेर रिहा गरिएको हो।सिंहदरबारभित्रै प्रदर्शनको तयारी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। लिङदेनसहित नेताहरु ज्ञानबहादुर शाही, बुद्धिमान तामाङ, युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल लगायत सात जना पक्राउ परेका थिए । उनीहरु हाल जिल्ला प्रहरी परिसर, भ्रदकालीमा राखिएकोमा रिहा गरिएको हो ।

Laxmi sunrise bank 2034

राप्रपाले आइतबार गरेको प्रदर्शन शान्तिपूर्वक नै भएको प्रहरीले जनाएको छ। बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपनि प्रहरीले असफल बनाएको थियो।