रवि लामिछानेद्वारा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौं  — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन्।

उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रविपत्नी निकिता पौडेल लामिछानेले आइतबार निवेदन दर्ता गराएकी हुन्। लामिछानेको रिट निवेदनमा सोमबारलाई पेसी तोकिएको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ।

Laxmi sunrise bank 2034

आफूलाई थुनामा पठाउने उच्च अदालतको बुटवल तुलसीपुर इजलासको आदेशविरुद्ध उनले सर्वाेच्चमा यसअघि नै निवेदन दिइसकेका छन्। तर, त्यसमा आदेश आउन ढिला हुने भएपनि उनले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन्।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतबाट एक करोड रुपैयाँ धरौटीमा छुटेका उनलाई अदालतले थुनामा पठाउने आदेश दिएको थियो। उनी यतिबेला भैरहवा कारागार पुर्पक्षका लागि थुनामा छन्।