शिक्षा मन्त्रीसँग वार्ता गर्न महासंघबाट २५ जनाको टोली खटियो

काठमाडौं  — शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबीच वार्ताका लागि शिक्षक महासंघबाट २५ जनाको टोली खटिएको छ।

शिक्षामन्त्री रघुजी पन्तले वार्तामा बोलाएपछि शिक्षक महासंघका पदाधिकारी वार्ताका लागि सिंहदरबार पुगिसकेका छन्। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा २५ सदस्यीय वार्ता समिति बनाइएको छ।

महासंघको नेतृत्वमा सबै शिक्षक संघ संगठनका प्रतिनिधि वार्तामा सहभागी हुन लागेका हुन् । वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त आफैँ सहभागी छन्।

बुधबार मात्रै सर्वोच्च अदालतले तीन दिनभित्र विद्यालयमा फर्किने वातावरण बनाउन शिक्षा मन्त्रालयका नाममा आदेश दिएको थियो। त्यसलगत्तै शिक्षामन्त्री पन्तले संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि डाकेका हुन् ।