काठामडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा केही समस्या नभएको दाबी गरेका छन्।
शुक्रबार आफ्नै निजी निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा समसामयिक विषयबारे जानकारी गराउँदै उनले बाहिर हल्ला भएजस्तो कुनै समस्या नरहेको उल्लेख गरेको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए।
‘बाहिर सरकारमा समस्या छ भनेर हल्ला छ,’ ती पदाधिकारले भने, ‘तर, सभापतिले त्यस्तो केही पनि समस्या छैन भन्नुभयो।’
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको निरन्तरताबारे कुनै समस्या सिर्जना नगरेको देउवाले सार्वजनिकरुपमा पनि बताउने गरेका छन्।



