काठामडौं — अर्थशास्त्री डा. विश्व पौडेल भर्नर बन्न अयोग्य रहेको दावीसहित सर्वोच्च अदालतमा रिट परेको छ।
नेपाल राष्ट्रबैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध मंलबार सर्वोच्च रिट परेको हो।
अभिवक्ताद्वय प्रतीभा उप्रती र विशाल थापाले पौडेललेविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका हुन्। उनीहरुले राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरेका छन्।
सत्तारुढ दुई दलबीच डा. पौडेललाई गभर्नर बनाउने सहमति भएको छ। त्यसपछि उनले गभर्नर छनोट समितिका सदस्यबाट राजीनामा दिएका थिए।



