काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आजै साँझ साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्ने छ।
बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना छ। सोमबार नै बस्ने भनिएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेट नहुँदा बैठक स्थगित गरिएको थियो।

गभर्नर नियुक्ति कै विषयलाई लिएर मंगलबार नै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच पनि छलफल भएको थियो।
मन्त्रिपरिषद् बैठकअघि गभर्नर सिफारिस समितिको बैठक पनि बस्दै छ। समितिको संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेल बैठक अपरान्ह ४ बजेका लागि बोलाएका छन्।



