भूकम्पको शिर्षकमा बजेट छुट्याउन माओवादीको आग्रह

काठामडौं — नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले भूकम्पको शिर्षकमा बजेट नछुट्याइएको भन्दै भूकम्पको पुनःनिमार्णको लागि बजेट छुट्याउन आग्रह गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभामा बोल्दै उनले अहिले जनतामा निराशा बढ्दै गएको भन्दै जनजिवीकाको सवालमा काम गर्नुपर्ने बताएका हुन्।

‘भूकम्पको शिर्षकमा बजेट छुट्याइएको छैन भन्ने जानकारी पाएको छु त्यसो नगरियोस् । भुकम्पको पुनःनिमार्णको लागि सबै क्षेत्रमा बजेट छुट्याइयोस्। संघीय लोकतान्त्रिक गणतन्त्रको अधिकार हुँदाहँुदै पनि जनतामा निराशा छ,’ उनले भने, ‘जनजिवीकाको सवालमा शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार हुन सकेन्,’ उनले भने।

Laxmi sunrise bank 2034

बजेट आम्दानी खर्चको फाटबारी मात्र नभएर असमानताको खाडलबाट निस्कन नसकेका जनतालाई माथि ल्याउने माध्यम भएकाले बजेटमा संरचनागत पूर्नसंरचना गर्नुपर्ने पनि बताए।

‘बजेट बनाउँदै गर्दा जनअपेक्षा पुरा गर्ने स्रोत हाम्रो छैन, त्यो स्रोत कहाँबाट ल्याउने बजेटको ६५ प्रतिशत चालु खर्चमा जाने गरेको छ १७ प्रतिशत मात्र पूँजीगत खर्च हो। त्यसैले ६५ लाई ३५ मा ल्याउनुस् हाम्रो समर्थन हुनेछ । त्यसको लागि संरचनागत पूर्नसंरचना हो,’ उनले भने।