नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

काठमाडौँ —  नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा अर्थविद् विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।

मंगबलार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा.पौडेललाई गभर्नर नियुक्त गरेको हो।

Laxmi sunrise bank 2034

आजै बसेको गभर्नर सिफारिस समितिले डा. पौडेलको नाम पहिलो नम्बरमा सिफारिस गरेको थियो। समितिले कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईको नाम पनि सिफारिस गरेको थियो।

अर्थविद् पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका व्यक्ति हुन्। त्यसअघि उनी आयोगमा सदस्य थिए।